• 1:27 am

कांग्रेसले जिल्ला अधिवेशन सकियाे, ४३ जिल्लाको नेतृत्वमा देउवा पक्ष

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०५:०७

३० फागुन २०७८, काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो । आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसले जिल्ला अधिवेशन सकिएको हो।


७७ जिल्लामध्ये ४३ मा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ ।


यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन् । प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षको वर्चश्व छ । लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ ।


१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ ।

देउवा पक्ष – प्रदेश १

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की – उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

शेखर पक्ष – प्रदेश १

१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

२. विष्णु राई – खोटाङ

३. विनोद बान्तवा – भोजपुर

४. डिगबहादुर लिम्बू – मोरङ

५. केदार भण्डारी – सुनसरी

शशांक कोइराला पक्ष –प्रदेश १

१. दीपक खड्का– संखुवासभा

सिटौला पक्ष – प्रदेश १

१. देउकुमार थेबे – झापा

देउवा पक्ष – मधेस प्रदेश

१. जनार्दनसिंह क्षेत्री – पर्सा

२. सुरेन्द्रप्रसाद सिंह – सर्लाही

३. सुनिलकुमार यादव – रौतहट

४. राजेश राय यादव – बारा

५. रामचन्द्र यादव – सिरहा

६. नागेश्वर यादव– महोत्तरी

विमलेन्द्र निधि पक्ष– मधेस प्रदेश

१. योगेन्द्र पजियार – धनुषा

शेखर पक्ष – मधेस प्रदेश

१. रामदेव साह– सप्तरी

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

६. बुद्ध लामा – मकवानपुर

७. जंगबहादुर तामाङ – सिन्धुपाल्चोक

शेखर पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३. रामनाथ अधिकारी – धादिङ

४. राजेश्वर खनाल – चितवन

५. उपेन्द्र पोखरेल – सिन्धुली

प्रकाशमान सिंह – बागमती प्रदेश

१. कृष्ण बानियाँ (सबुज) – काठमाडौं

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४. डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६. जीतप्रकाश आले – तनहुँ

शेखर पक्ष – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

शशांक पक्ष– गण्डकी प्रदेश

१. महेन्द्रध्वज जिसी – नवलपुर

सिटौला पक्ष – गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

शेखर पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्युठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुल कलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी – गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

९. नारायण गौडेल – बाँके

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

५. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

शेखर पक्ष – कर्णाली प्रदेश

१. अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२. खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी – कञ्चनपुर

५. पुष्पबहादुर शाह – अछाम

६. नारायणदत्त भट्ट – कैलाली

शेखर पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२. चतुरबहादुर चन्द – बैतडी

३. ललितसिंह बोहरा – दार्चुला

प्रतिकृया