• 5:03 pm

नेप्सेमा सामान्य बृद्धि, एक अर्बकाे कारोबार

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०३:५२

३० फागुन २०७८, काठमाडौं सेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार अधिकतम १०१ अंकले बढेको नेप्से सूचक आज ०।१५ अंकले मात्रै बढ्दै २६ सय ६८।११ अंकमा उक्लिएको हो ।


०.१५ अंकले मात्र बढेको बजारमा आज कारोबार रकम भने १ अर्बमा सीमित हुन पुगको छ । नेप्सेका अनुसार करिब साढे २३ लाख कित्ता सेयर बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ३४ करोड २२ लाख रुपैयाँको मात्र कारोबार भएको हो । अघिल्लो दिन १०१ अंकले बढेको बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।


क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घट्दै ५०९.८५ अंकमा झरेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, अन्य र माइक्रोफाइनान्सको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।

प्रतिकृया