• 3:50 pm

काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारी लुटिए

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०२:२१

सुनचाँदीको मूल्य

३० फागुन २०७८, काठमाडौं : काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारीलाई एउटा समूहले लुटेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसल भइ काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी बस्ने संचालक भारतीय नागरिक आमोल भोस्लेलाई लुटेका हुन् । पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले बताएका छन् । फागुन २५ गते भएको घटनामा साँझ आठ–दश जनाको समूहले घेरेर सुन र नगद लुटेका थिए ।


पसलबाट पिछा गरेर लुटेरा समूहले चुच्चेपाटी स्थित एनआइसी एसिया बैंक पछाडी उनलाई लुटेका हुन् ।लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । सुन लुट्न राजेन्द्र ठकुरी दाङबाट रा.४प ११६० नम्बरको पल्सर मोटरसाइकल लिएर काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।


महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने–‘केही शंकास्पद पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’ लुटमा ७४ लटको ९५६० नम्बरको अपाच्य मोटरसाइकल पनि प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटेराहरुले चार दिनसम्म चावहिल स्थित एउटा क्याफेमा बसेर निगरानी गरेर व्यापारीलाई लुटेका थिए ।


दाङबाट पक्राउ गरिएका ठकुरीको साथबाट प्रहरीले २ सय ६१ ग्राम सुन बरामद गरेको छ । लुटेरा समूहले आँखामा खुर्सानको धुलो हालेर लुटेको पिडीतले प्रहरीलाई जानकारी दिएका छन् ।

प्रतिकृया