किभमा आवासीय भवनमा हमला, दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ०१:४५

३० फागुन २०७८ काठमाडौं : युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ ।
अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ । भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् ।
Related
Recent News
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया