• 5:01 pm

अझै सुरु भएन जसपा केन्द्रीय समिति बैठक

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०१:२३

३० फागुन २०७८, काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । दुई पक्षीय छलफलका कारण बैठक सुरु हुन ढिलाई भएको हो । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरिरहेका छन् ।


अध्यक्ष यादवले आफ्ना पक्षका नेताहरुसँग केन्द्रीय समितिको बैठकस्थलमै छुट्टै कोठामा छलफल गरेका छन् भने संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले कार्यक्रमस्थल बाहिर छलफल गरेको थिए ।


अहिले अध्यक्ष भट्टराई र अध्यक्ष यादवबीच छलफल सुरु भएको छ । दुईजनाको छलफल सकिएपछि बैठक बस्नेछ ।

प्रतिकृया