• 4:33 pm

प्रधानमन्त्री देउवा नुवाकोटमा

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार १२:११

३० फागुन २०७८, काठमाडौं : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन गएका छन् । त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेकाले बिहान ११ बजे देउवा नुवाकोट पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।


देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले जानाकारी दिएका छन् । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


देउवाको साथमा कांग्रेस नेताहरू डा।रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने योजना रहेको जनाइएको छ ।

प्रतिकृया