• 2:43 pm

एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित

प्रकाशित मिति

२०७८ फाल्गुन ३० गते, सोमबार ०६:४०

३० फागुन २०७८, काठमाडौँ : गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० को जित दर्ता गरेको हो।


खेलको २४ औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा नेयमारले गोल गरे। त्यसैगरी खेलको ६१ औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० को स्पष्ट जित दिलाएका हुन्।


जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।

प्रतिकृया