रोनाल्डोले गरे युनाइटेडका लागि ह्याट्रिक
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ०६:२८

२९ फागुन २०७८, काठमाडौँ : क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–२ ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । उनले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।
टोटनह्यामका लागि ३५ ओँ मिनेटमा ह्यारी केनले गोल गरे । यस्तै युनाइटेडका ह्यारी मागुइरीले ७२ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । जितपछि २९ खेलबाट ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
शनिबार राति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० ले पराजित गरेका छन् ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया