• 3:34 pm

तीन दिनपछि सर्‍यो एनआरएनए निर्वाचन, यस्तो छ सूची

प्रकाशित मिति

२०७८ फाल्गुन २८ गते, शनिबार ०३:३२

२८ फागुन २०७८, काठमाडौँ: गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।


सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते ९मार्च २४–२५ ० हुने बताइएको छ ।


सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ ।


प्रतिकृया