नेपाली काँग्रेसद्धारा मन जितेर मत जित्ने अभियान
प्रकाशित मिति
२०७८ फाल्गुन २८ गते, शनिबार ११:२८

२८ फागुन २०७८, काठमाडौँ : “जनताको मन जितेर मत जित्ने” अभियानमा लागेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको पूर्वसन्ध्या कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनताको मन जितेर मात्र मत पजत्नेछै भनेका हुन्।
घरघर जाऔं, काँग्रेस जिताऔं’अभियानका लागि कञ्चनपुर आइपुगेका नेता महरले जनताको मन जित्न सके मत आफैँ प्राप्त हुने भनेका छन् । महरको भनाइ अनुसार ‘निशुल्क स्वास्थ्य, शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र उद्यमशिलता रोजगार, जनताको अधिकार, काँग्रेस सरकारको नारा कार्यान्वयन गर्नतर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको छ ।
‘हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकरात्मक कर्मका बारेमा जानकारी गराउने छौं। हामी धेरै बोल्दैनौँ। भ्रमको खेति पनि गर्दैनौं’ उनी भन्छन्, ‘काँग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ।’
महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताए। एमालेले गणतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।
उनले भने, जनताले दुई तिहाइका साथ विजयी गराए काँग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ। ‘हामी मजदुरको घरमा पुग्नेछौँ। बुद्धिजीवीका बिचार सुन्ने छौं। जनताका अपेक्षा सुन्ने छौं। काँग्रेसका योजना सुनाउने छौं। अब हामी जनतासँग हुने छौं।
राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ। घरघर जाऔं, काँग्रेस जिताऔँ अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।
प्रतिकृया