• 4:04 pm

चर्चित नोवल लू को प्रतिलिपि अधिकार हस्तान्तरण समारोह सम्पनन्

प्रकाशित मिति

२०७८ फाल्गुन २६ गते, बिहीबार ०५:३८

२६ फाल्गुन २०७८, काठमाडौं: क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म्स ले नयन राज पाण्डेको चर्चित नोवेल लू को प्रतिलिपि अधिकार (copy right) लिएको छ । प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को प्रतिलिपि अधिकार (copy right) हस्तान्तरण समारोह सम्पनन् भएको हो ।


क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म्स प्रा.लि. का प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को प्रतिलिपि अधिकार (copy right) हस्तान्तरण समारोह सम्पनन् भएको छ । चलचित्र लू को पटकथा (screen play ) पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने हुनु भएको छ । यो भए संगै कारो फिल्म्स ले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ठूलो बजेटको चलचित्र हरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ ।


यस कम्पनी ले नया अत्याधुनिक प्रबिधि को फिल्मी सामग्री हरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृझाना गर्ने छ । क्लास्सिक टेक को मुख्य कार्यालयमा सो समारोह सम्पनन् भएको थियो। यस संगै आगामी दिन मा कारो फिल्म्स ले अरु पनि वेब श्रृंखला र रियालिटी शो हरु निर्माण गर्ने बताएको छ ।


आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र ठूलो बजेटको चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्र लाइ नया उचाइ मा लाने कारो फिल्म्सको उदेस्य रहेको प्रबन्ध निर्देशक निशा खरेल को भनाइ छ ।

प्रतिकृया