युक्रेनको मारिओपोल शहरमा भएको बम हमलाको निन्दा
प्रकाशित मिति
२०७८ फाल्गुन २६ गते, बिहीबार ०३:२१

२६ फाल्गुन २०७८, काठमाडौं: युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको जेलेन्स्कीले बताएका छन् ।
हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन् ।
सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो । यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन् । (एजेन्सी)
Related
Recent News
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण
- आइ.एम.ई. लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’
- नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया