पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
प्रकाशित मिति
२०७८ फाल्गुन २५ गते, बुधबार ०३:२५

२५ फाल्गुन २०७८, काठमाडौं : अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन आएको छ । बुधबार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए । उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरु हुन । मागहरुको व्यवस्था होस् भनन्े समितिको ठहर रहेको छ । नेपाल आयल निगमलाई के निर्देशन दिन्छौं भने उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् ।’
सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाए ।
प्रतिकृया