• 3:34 pm

रुस–युक्रेन युद्धले नेपाली रुपैयाँ अहिले सम्मकै कमजोर

प्रकाशित मिति

२०७८ फाल्गुन २४ गते, मंगलवार ०६:२३

२४ फागुन २०७८, काठमाडौँ : रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ । फलस्वरुप नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ ।


नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।


अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् ।

प्रतिकृया