• 8:16 am

ग्रीन भेञ्चरको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७८ फाल्गुन २० गते, शुक्रबार १२:१२

२० फागुन २०७८, काठमाडौं : ग्रीन भेञ्चरको प्राथमिक सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।


उक्त आईपीओमा आज साँझ ५ बजे बन्द हुँदैछ । इच्छुक लगानीकर्ताले सो समयसमयमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिकृया