• 7:57 am

रायो भालेकानोलाई रियल मड्रिडले हरायो

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०८:०६

१५ फागुन २०७८, काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ ।


शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले जित निकालेको हो । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए ।


जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।

प्रतिकृया