सानिमा बैंकको क्यासब्याक अफर
प्रकाशित मिति
२०७८ फाल्गुन १४ गते, शनिबार ०३:३९

१४ फागुन २०७८, काठमाडौँ : सानिमा बैंकले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुले यो योजना अन्तर्गत २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका यो अफर पाउने छन् ।
नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २५ वा अधिकतम रु २० तथा मासिक अधिकतम ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
ग्राहकहरुले एप स्टोर तथा प्ले स्टोरबाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्ने बैंकले जनाएको छ। बैंकको सातै प्रदेशमा गरि १२३ वटा कार्यालय तथा १०३ वटा एटिएम संचालनमा रहेका छन् ।
प्रतिकृया