• 11:24 am

हेरम्ला यसपटक ! माधव नेपालको पार्टीले एउटा वडा सदस्य पनि जित्दैन : गोकुल बास्कोटा

प्रकाशित मिति

२०७८ फाल्गुन १४ गते, शनिबार ०३:०९

१४ फागुन २०७८, काठमाडौँ : नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले माधव नेपालको पार्टी नेकपा (एस) ले स्थानीय चुनावमा एउटा पनि वडा सदस्य जित्न नसक्ने दाबी गरेका छन् । नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।


महासंघको प्रदेश अधिवेशनमा बोल्दै उनले भने, ‘हेरम्ला यसपटक !  माधव नेपालको पार्टीले एउटा वडा सदस्य पनि जित्दैन।


माओवादीको यसो तीन-चार सिट देखिन्छ । त्यो पनि चितवनबाट । माओवादीको देशभर निर्वाचन क्षेत्र छैन । कि रोल्पा जानुपर्‍‍यो कि रुकुम जानुपर्‍यो । त्यहाँ पनि भन्न सकिन्न । अब माओवादीको खैरियत छैन।’

प्रतिकृया