• 3:05 pm

प्रधानमन्त्री देउवा ओली निवासमा

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०६:५५

१३ फागुन २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।


पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट गएको छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटपछि देउवा ओलीसँग संवादमा जुटेका छन् ।


आज प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।

प्रतिकृया