• 2:29 pm

धर्मशाला छिट्टै फिर्ता ल्याउछौँ : पर्यटनमन्त्री आले

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार ०३:१३

१० फाल्गुन २०७८, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेलेअदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका हुन् ।


मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पारे । धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा वृद्धवृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ ।


उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन समेत दिएक छन् ।

प्रतिकृया