• 5:36 pm

एमसीसीविरुद्धको रिट दरपीठ, दरपीठका विरुद्ध अधिवक्ता भण्डारी पुनः सर्वोच्च जाने

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार ०२:०८

१० फागुन २०७८, काठमाडौं मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर गएका अधिवक्ता सुरेन्द्र भण्डारीको रीट आज मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।


सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको बताइएको छ। सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

प्रतिकृया