• 3:27 am

एमसीसी संसदमा टेबल गर्नेबारे गठबन्धनमा आज छलफल हुने

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०९:०३

८ फाल्गुन २०७८, काठमाडौं: एमसीसी सम्झौता संसद टेबल गर्ने र नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने छ ।


आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै निकास निस्कियोस् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा छ तर माओवादी केन्द्र, एकीकृत समाजवादी जबर्जस्ति अघि बढ्न खोजे गठबन्धनमा बस्न नसक्ने बताइरहेका छन्।


गठबन्धनमै कुरा नमिल्दा पटक-पटक बसेका गठबन्धन र संसद बैठक निष्कर्षविहीन हुँदै आएको छ। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन्।


एमसीसीले दिएको समयसीमा फागुन १६ गते सकिँदैछ।

प्रतिकृया