ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो
प्रकाशित मिति
२०७८ फाल्गुन ६ गते, शुक्रबार ०९:१३
६ फागुन २०७८, काठमाडौँ : काठमाडौँको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ । आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले ती वस्तु नक्कली बम भएको बताए । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तु होक्स (ज्यबह) रहेछन्,’ एसपी मैनालीले भने । बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । नेपाली सेनाको टोलीले निष्कृय नपारुन्जेल सो सडकखण्डमा यातायात सेवा पनि बन्द गरिएको थियो ।
अहिले सो क्षेत्रको जनजीवन सामान्य छ । यातायातका साधन पनि पूर्ववत अवस्थामा सन्चालन भइरहेका छन् ।
प्रतिकृया