धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
प्रकाशित मिति
२०७८ फाल्गुन ५ गते, बिहीबार ०७:२५
५ फागुन २०७८, काठमाडौँ : धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् ।
नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।
यसअघिका बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको बुक विल्डिङ सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएपनि बोर्ड अध्यक्षविहिन हुन पुगेको थियो । सोही अध्यक्ष पदमा करिब साँढे पाँच महिनापछि हमाल नियुक्त भएका हुन् ।
प्रतिकृया