• 8:12 pm

विप्लव र वैद्यका ९ जना बन्दकर्ता बुटवलबाट पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार १०:३१

फाल्गुन २०७८, काठमाडौं : बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीका ९ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् ।


विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश ४ र ३ जना तथा वैज्ञानिक समाजवादीका २ कार्यकर्ता पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।


क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो ।

प्रतिकृया