• 5:48 pm

एमसीसीविरुद्ध सत्ता साझेदार जनवर्गीय संगठन सडकमा, संसद भवन घेराउ गर्ने

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार १०:११

४ फाल्गुन २०७८, काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा सत्ता गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा उत्रिएका छन् । सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन शुरु गरेका हुन् ।


माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने भएको छ।अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।


त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।

प्रतिकृया