प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी
प्रकाशित मिति
२०७८ फाल्गुन ४ गते, बुधबार ०८:२६
४ फागुन २०७८, काठमाडौँ : प्रतिनिधिसभा बैठक आज बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना ९एमसीसी० टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।
यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने सम्भावना छ। बैठक बिहान साढे ११ बजे बस्दैछ । यसअघि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।
कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन । सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।
प्रतिकृया