सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने
प्रकाशित मिति
२०७८ फाल्गुन ३ गते, मंगलवार ०१:२३
३ फागुन २०७८, काठमाडौं : राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३।५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४।५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३।५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।
नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४।५० देखि ८।५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०।७५ प्रतिशतदेखि अधिकतम १३।५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले हाल विभिन्न २२ प्रकारका शीर्षकमा व्यवसायिक कर्जा प्रदान गर्दै आएको छ । एक मात्र राष्ट्रिय सहकारी बैंकले हाल प्रारम्भिक सहकारी संस्था, विषयगत तथा केन्द्रीय संघहरूसँग मात्र बचत तथा ऋणको कारोबार गरिरहेको छ ।
प्रतिकृया