• 8:02 pm

तोकिएभन्दा बढी भार बोक्ने सवारीमाथि थप कडाइ, यस्तो छ नयाँ ब्यवस्था

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ११:४७

२ फागुन २०७८, काठमाडौं : सरकारले मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी व्यवस्था सम्बन्धी निर्देशिका २०७४लाई संशोधन गरेको छ । यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै तौल पुल सञ्चालनलाई थप व्यवस्थित गर्न विभिन्न व्यवस्थाहरु गरेको हो ।


तौल पुल सञ्चालन गर्दा विभागबाट अनुमति लिनुपर्ने, तौलपुल १२ चक्के सवारीका लागि पनि सहज हुने गरी बनाउनुपर्ने, वजनअनुसार प्रतिसवारी १०० रुपैयाँ मात्रै शुल्क लिन पाइने लगायतका व्यवस्था गरिएको छ ।


सवारीहरुले भारवहन क्षमताभन्दा बढी मालसामान बोकेमा हुने जरिवाना र कारवाहीको सीमा पनि बढाइएको छ । तोकिएको भन्दा भार बोक्ने सवारीले सामान झारेर पुनः ढुवानीको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।


त्यसैगरी सवारी दर्ता प्रमाणपत्रकै वजन सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित सवारी कार्यालयले सवारी दर्ता गर्दा कम्पनीले तोकेको कुल वजन उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया