• 6:34 pm

देउवाको प्रचण्ड र माधव नेपालसँग चर्काचर्की, सत्ता गठबन्धन दुर्घटनामा पर्दै

प्रकाशित मिति

२०७८ माघ २९ गते, शनिबार ०४:४०

२९ माघ २०७८, काठमाडौं : बालुवाटार बैठकमा चर्काचर्की बहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे विकल्पसहित कुरा राख्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अगाडि बढ्नै नदिने कुरा राखेपछि चर्काचर्की नै भएको बुझिएको छ ।


देउवाले एमसीसी सदनमा टेबुल गरेर अगाडि बढ्ने प्रस्ताव राखेपनि प्रचण्ड र माधव नेपालले सहमति विना टेबुल नहुने कुरा राखेका थिए । देउवाले गठबन्धन नै समस्यामा पर्ने भनेपछि दुवै नेताले बरु गठबन्धन जे होस् टेबुल गर्न नदिने भनेका थिए ।


देउवा कुनै हालतमा एमसीसी पारित गर्न अगाडि बढ्ने अडानमा छन् । तर, प्रचण्ड र माधव नेपाल एमसीसी रोक्न लागिसकेका छन् । आजको बैठकले गठबन्धन दुर्घटनामा पर्ने अवस्था विकास भएको छ ।


प्रचण्ड र माधव नेपालले त गठबन्धन जे होस् भन्दै देउवालाई चुनौती नै दिएका थिए । त्यसपछि देउवा आफू अगाडि बढिसकेको बताएका थिए । उनले मन्त्रिमण्डलमा रिक्त दुई मन्त्रालयलाई पनि पूर्णता दिने बताए ।

प्रतिकृया