• 5:29 pm

६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०७:५०

२७ माघ २०७८, एजेन्सी : ६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२ औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो । खेल बुधबार राति भएको हो ।


लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए । बराबरिसँगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११ औं स्थानमा छ । लिड्स भने २३ खेलबाट १५ औं स्थानमा छ । यता, गय रातिनै भएको खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउदा क्रिस्टल प्यालेसले नर्विच सिटीसंग १९१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।


खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । खेलमा ६० औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३ औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो । बराबरिसँगै प्यालेस २५ अंक सहित १३ औं स्थानमा छ । नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ ।

प्रतिकृया