• 11:10 pm

कार्डबाट सार्वजनिक यातायातको भाडा भुक्तानी सुरु गर्ने निर्णय

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०६:५३

२६ माघ २०७८, काठमाडौँ : बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा कार्डबाट तिर्ने व्यवस्था लागु गर्ने भएको छ । बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले यात्रुहरूको सहजताको लागि क्यासलेस प्रविधिबाट भाडा भुक्तानी प्रविधि सुरु गर्ने निर्णय गरेको हो । यात्रुको सहजता, सरलता र चुस्तताका लागि क्यासलेस प्रविधि सुरु गर्न लागेको मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।


हालसम्म यात्रुवाहक सवारीले भाडा लिँदा खुद्रा रकम नभएको भन्दै बढी भाडा लिँदै आएकाले त्यसको न्यूनीकरणका लागि र वर्तमान समयको आवश्यकता पनि भएकाले कार्डबाट भाडा भुक्तानी प्रविधि महत्वपूर्ण हुने भएकाले सरकार त्यसतर्फ लागेको खनालले जनाए ।

प्रतिकृया