• 1:12 pm

स्थानीय तह निर्वाचन रोक्न मेयरले सर्वोच्चमा दिएको रिट निवेदन दर्ता भएन

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०६:४३

२६ माघ २०७८, काठमाडौँ : स्थानीय तह निर्वाचन रोक्न माग गर्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार शाहले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । भंगाहा नगरपालिका–२ घर भएका शाहले दिएको निवेदन दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।


सरकारले घोषणा गरेको निर्वाचनको मितिका कारण आफ्नो ५ वर्षको कार्यकाल घट्ने शाहले दावी गरेका थिए । तराईका जिल्लामा दोस्रो चरणमा २०७४ असोज ७ मा निर्वाचन भएको थियो । त्यसैले शाहले २०७९ असोज ६ सम्म आफ्नो कार्यकाल रहने दावी गरेका हुन् । तर, सर्वोच्चले ‘बिना आधार निवेदन आएको’ भन्दै दरपीठको निर्णय गरेको छ ।


प्रतिकृया