• 8:38 pm

धापासीमा कारको ठक्करबाट बालकको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०९:०६

२६ माघ २०७८, काठमाडौँ : काठमाडौँको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय श्रीयन पाण्डे रहेका छन् । उनलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।


कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया