• 11:37 am

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०६:११

२४ माघ २०७८, काठमाडौँ : सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवले समितिका ६ जना सदस्य बर्खास्तीमा परेको जानकारी दिए ।


मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा. किरण पौडेल, सदस्य सचिव डा. महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।

प्रतिकृया