• 9:10 pm

कमल थापा पक्षको छुट्टै भेला शुरु

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०१:४७

२४ माघ २०७८, काठमाडौं : राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला शुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।


महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बताइएको छ ।


थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् ।

प्रतिकृया