कर्मचारीलाई सम्पति विवरण तत्काल बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रकाशित मिति
२०७८ माघ २३ गते, आईतवार ०२:३२

२३ माघ २०७८, काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन पुनः निर्देशन गरेको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो ।
०७८र०७९ को सम्पतिविवरण पटकपटक मौखिक र लिखित रुपमा बुझाउन अनुरोध गर्दा समेत प्राप्त नभएकाले राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा प्रतिवेदन पठाउन वाधा परेकाले ०२३ गतेसम्म अनिवार्य रुपमा मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने email–id–admin@mohp–gov.npमा इमेल गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
प्रतिकृया