• 8:17 pm

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार १२:०९

२३ माघ २०७८, काठमाडौं : साँफे–मार्तडी सडकखण्ड अन्तरंग बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् ।


उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साउदको सोही अस्पतालमा उपचार भइरहेको छ ।


फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ ।


मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया