• 12:18 pm

प्रेस चौतारी रौतहटको अध्यक्षमा पुनः उपाध्याय सर्वसम्मत चयन 

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ११:५०

२३ माघ २०७८, काठमाडौं : प्रेस चौतारी रौतहटको अध्यक्षमा पुनः उत्तम कुमार उपाध्याय सर्वसम्मत चयन भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय चौतारीको जिल्ला कमिटी गठन गरिएको हो ।


त्यस्तै, उपाध्यक्षमा नन्दभुषण श्रीवास्तव, मन्जु मानन्धर महिला समावेशी सचिवमा मुकेश साह, सहसचिवमा राकेश यादव, रामप्रवेश बैठा र कोषाध्यक्षमा अमृत सापकोटा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामशरण यादव, राजु कुमार श्रीवास्तव, कमल यादव, राजकुमार यादव, सागर ठाकुर, स्मिथ रजक, देवेन्द्र यादव, जयन्ती झा, कल्याणी झा लगायत चयन भएका छन् ।

प्रतिकृया