• 9:36 pm

मधेश सरकारमा थप एक राज्यमन्त्री

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ११:१०

२३ माघ २०७८, काठमाडौं : मधेश सरकारले थप एक राज्यमन्त्री पाएको छ । मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार आइतबार एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्त गरिएको हो ।


नवनियुक्त राज्यमन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका थिए ।


गत मंसिर ५ मा नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव सहभागी भइसकेका छन् ।

प्रतिकृया