• 12:33 am

नेपाली गीतमा पनि स्वर भरेकी भारतीय गायिका लता मंगेस्करको निधन

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार १०:४२

२३ माघ २०७८, काठमाडौं – प्रसिद्ध भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। ९२ वर्षीया मंगेस्करको आज (आइतबार) बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


२९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आए पनि निमोनिया निको नहुँदा उनलाई पछिल्ला केहि दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो ।


उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन्। लताले नेपाली गीत ‘फूल भन्छ फूलिरहुँ।।’ गीत गाएकी छन्। रामकृष्ण ढकालसँग उनले यो गीत गाएपछि लता नेपालमा समेच चर्चित थिइन् ।


उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्।

प्रतिकृया