• 2:34 am

फेसबुकको शेयरमा ऐतिहासिक गिरावट, के यो मेटा पतनको सुरुआत हो ?

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०४:३८

123131747 d62db088 22f5 41b0 bd6b ca39e5d6c788 4f0ao6ldvu 1 e1644058421290

एजेन्सी

२२ माघ २०७८, काठमाडौँ :  सामाजिक सञ्जाल फेसबुक शुक्रबार १८ वर्ष पुगेको छ । यसको स्थापना सन् २००४ को फेब्रअुरीमा भएको थियो । कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका प्रयोगकर्ताको सङ्ख्या घटेको पाइएको छ ।


फेसबुकको माउ कम्पनी मेटा नेटवर्क्सका अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक प्रयोगकर्ताको सङ्ख्या १९३ करोडबाट घटेर १९२.९ करोड पुगेको हो । फेसबुकको कूल प्रयोगकर्ताको सङ्ख्यालाई हेर्दा १० लाख सङ्ख्या निकै कम हो । तर, कम्पनीकै इतिहासमा प्रयोगकर्ता घट्न सुरु गरेकाले यसलाई निकै महत्त्वका साथ हेरिएको छ ।


यो खबर बाहिर आएपछि अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा बिहीबार मेटा नेटवर्क्सको शेयरमा करिब २७ प्रतिशतले कमी आएको थियो । यसले गर्दा कम्पनीको बजार मूल्य २३७ अर्ब डलरले घटेको थियो । अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको शेयरमा यति धेरै धेरै गिरावट आएको यो पहिलो पटक हो ।


मेटाका सीईओ मार्क जकरबर्गका अनुसार युवाहरु टिकटक र युट्यूबतर्फ आकर्षित भएपछि कम्पनीको सेल्स ग्रोथमा असर परेको हो । त्यस्तै, विज्ञापन दाताहरूले पनि लागत कटौती गरिरहेको उनको भनाइ छ ।


कम्पनीका प्रमुख वित्तीय अधिकारी डेव वेनर भन्छन्, प्रतिस्पर्धी सेवाको बृद्धि दरमा नकारात्मक असर परिरहेको छ, विशेष गरेर युवाहरूमा । गत वर्ष अक्टुबरमा फेसबुकले कम्पनीको नाम बदलेर मेटा राख्ने घोषणा गरेको थियो । जकरबर्ग अब मेटावर्स प्रविधिको विकासमा ध्यान केन्द्रीयत गर्न चाहन्छन् ।

प्रतिकृया