• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

नवलपुरमा अटो चालक मृत फेला, हत्याको आसंका

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार १२:४०

१८ माघ २०७८, काठमाडौं : नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् । उनका हत्या भएको हुन सक्ने स्थानीयको आसंका छ ।


अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका र उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।

Kamana Sewa

गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको कावासोती नगरपालिका वडा नं १३ का अध्यक्ष विनोद रानामगरले जानकारी दिए । सडक छेउमा उनले चलाउने अटो रोकिएको र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको रानामगरले बताए ।

Classic Tech Desktop

नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।

प्रतिकृया