• 1:55 am

डेब्यु खेलमा राडुकानुको विजयी सुरुवात

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०६:३३

५ माघ २०७८, काठमाडौँ : सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन् । मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन् ।


विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन् । अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन् । राडुकानुले स्टेफेन्समाथि ६–०, २–६ र ६–१ को सेटमा जित निकालेकी हुन् ।


१९ वर्षीया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिकृया