• 1:07 am

भोट माग्न जाँदा हिढेर जान नपर्ने गरी विकासको काम गरेका छौ : अध्यक्ष लोप्चन

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०१:३८

४ माघ २०७८,ललितपुर: कुनै समयमा कर्णलीकै रुपमा चिनीने दक्षिण ललितपुरको बागमती गाउँपालिका स्थानीय तहको निर्वाचनपछि सुगम बन्दै गएको छ । २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँपालिकामा वीरबहादर लोप्चन सहितका जनप्रतिनिधि निर्वाचित भएपछि जनप्रतिनिधिले विकास निर्माणको काम तिब्र पारेसँगै दुर्गम गाउँपालिका अहिले सुगम बनेको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।



“सबैजसो टोलमा मोटरबाटो पुगेको छ, एक घर एक धारा अभियान पूरा हुँदैछ । नागरिकको अपेक्षा क्रमिक रुपमा पूरा हँदै गएको छन्” उहाँले भन्नुभयो “अबको निर्वाचनमा जनताको घरदैलोमा भोट माग्न जाँदा हिढेर जान नपर्ने गरी विकासको काम गरेका छौं ।” माल्टाको छोक्करमा मात्र सडक पुग्न बाँकी छ यस आर्थिक वर्षमा सो ठाउँमा सडक पुगिसक्छ केही समयमा सो क्षेत्रमा सडक निर्माणको काम हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं. ४ मा पक्कि पुल निर्माण हुँदैछ टेण्डर भइसकेको छ केही समयमा उक्त पुल निर्माण कार्य अगाडि बढ्छ ।



गाउँपालिकाको आफ्नै अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । उक्त स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जना भएको परिवारलाई ३५०० रकमले एक लाख रुपियाँको स्वास्थ्य बीमा हुने सरकारको नीति अनुसार बागमती गाउँपालिकाले उक्त ३५०० को ५० प्रतिशत रकम गाउँपालिकाले तिर्ने तयारी गरिएको छ ।



गाउँपालिकामा भएका सबै नागरिकको स्वास्थ्य बीमा होस् र आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसक्ने नागरिकलाई राहत पुगोस् भनेर गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।


प्रतिकृया