• 12:38 am

अमेरिकी राष्ट्रपति बाइडेन पनि टिकटकमा, निक जोनससँगको भिडियो भाइरल

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार १२:४४

४ माघ २०७८, काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन पनि टिकटकमा देखिएका छन् । अमेरिकाकै सबैभन्दा जेठा राष्ट्रपति बाइडेनलाई पछिल्लो निर्वाचनमा ४५ वर्ष भन्दा कमका ६६ प्रतिशत मानिसले भोट दिएका थिए । सन् २०२१ को डिसेम्बरको सर्वेक्षणमा बाइडेनलाई अब यसै समूहका ५० प्रतिशत मानिसको समर्थन प्राप्त भएको छ । आफ्नो लोकप्रियता फर्काउन उनले चिनियाँ प्लेटफर्म टिक–टकको सहारा लिदैँछन् । चुनावको समयमा उनले यसको घोर बिरोध गरेका थिए ।


बाइडेनले ट्वीट असाध्यै कम गर्छन् । यस्तो अवस्थामा बाइडेनको प्रचार टोली टिक–टकमा उनको भिडियो पोष्ट गरिरहेका छन् । यस टोलीमा सोशल मिडिया विज्ञ र प्रभाव पार्ने खालका मानिस पनि समावेश छन् । यसपछि टिकटकमा बाइडेनको भिडियो भाइरल हुन थालेको छ ।


केही महिनापछि हुने मध्यावधि चुनावमा डेमोक्रयाटिक पार्टीको जीतका लागि युवाहरुको समर्थन आवश्यक भएकाले पनि बाइडेनलाई यसको आवश्यकता छ ।


निक जोनससँग बाइडेनको भिडियो भाइरल :

बाइडेनले बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनसलाई ह्वाइट हाउसको राजदूत बनाएका छन् । निक र उनका भाइसँग बाइडेनले एउटा भिडियो बनाएका थिए ।

यो भिडियो टिकटकमा सेयर गरिएको छ । सेयर गरेको २४ घण्टामै यसको ५० करोड भ्यूज, एक करोड लाइक र ५ लाख सेयर भएको थियो ।

(एजेन्सी)

प्रतिकृया