• 5:34 pm

सत्तारूढ गठबन्धनको बैठक शुरु

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार १०:२१

४ माघ २०७८, काठमाडौँ : सत्तारूढ गठबन्धनमा दलहरूको बैठक सुरु भएको छ। बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले समितिको बैठक भएकालेगठबन्धनका शीर्ष नेता पनि सहभागी भएका र ‘बैठकमा चुनावबारे छलफल भइरहेको बताए ।


प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी छ। स्थानीय तहको निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।


यसअघि प्रचण्डसहितका नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने की कात्तिक मंसिरमा एकै पटक तीन तहको निर्वाचन गर्ने भन्नेमा गठबन्धनमा सहमति हुन सकेको छैन ।


सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरे पनि सरकारले ढिलाइ गरिरहेको छ ।


निर्वाचन आयोग, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति चाँडो तोक्न खबरदारी गरिरहेका छन् । सम्भवतः आजको बैठकबाट कुनै निर्णय हुनसक्ने नेताहरुको दाबी छ ।

प्रतिकृया