बतास समूहलाई दिने पशुपति धर्मशाला सम्झौता रद्द गर्न सिफारिस
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०५:०३
३ माघ २०७८, काठमाडौं : सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग सम्झौता खारेज गर्ने तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले ‘सम्झौता गैरकानूनी र मिलेमतो’ भएको ठहरसहित सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताए ।
प्रतिवेदन बुझ्दै सचिव न्यौपानेले कोषको सञ्चालक परिषदले नै समितिको प्रतिवेदनउपर अध्ययन गरेर कारवाही गर्ने बताए । अहिले कोभिड संक्रमणका कारण मन्त्री आले आइसोलेसनमा रहेको भन्दै उनले परिषदको बैठकबाटै छानविन समितिको सिफारिसअनुसार कारवाही सम्बन्धी निर्णय हुने उनको भनाइ थियो ।
आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेको थिए । उनले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको बताएको थिए ।
प्रतिकृया