• 2:42 pm

पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन

प्रकाशित मिति

२०७८ माघ १ गते, शनिबार ०४:४३

१ माघ २०७८, काठमाडौँ : नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागिय कार्य समितिको शुक्रबार सम्पन्न ११ औं विभागिय अधिवेशनले शिवराज पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।



नयाँ चयन भएका कार्य समितिमा उपाध्यक्ष महिला रमा नेपाल, उपाध्यक्ष, खुला उपाध्यक्ष प्रेमप्रसाद त्रिपाटी, सचिव रामप्रसाद शर्मा, सहसचिव शोमादेवी भटट्राई, कोषाध्यक्ष कुमार बस्नेत, खुला सदस्यमा प्रकाश ढुंगेल, प्रशान्त भटट्राई, नारायण रेग्मी, जगनाथ अधिकारी, राजन खत्री, कुमार घिमिरे चयन भएका छन् । त्यस्तै पाँच जना महिला सदस्यमा फुडोमा शेर्पा, संगिता पौडेल, बसन्ता बराल, सुनिता बाँस्कोटा चयन हुनु भएको छ । जनजातिमा मोहन सुनुवार, कार्यालय सहयोगी सदस्य गीताहरि नेपाल केन्द्रीय प्रतिनिधिमा भीमादेवी कोइराला र हेमराज खतिवडा चयन हुनु भएको छ ।



त्यस्तै सहिद मनोज झपेन्द्र जोशी स्मृति कोषको अध्यक्ष गीता शर्मा, दीपेन्द्रमान बनेपाली, सचिव इन्दिरा बुढाथोकी, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, कोपिला श्रेष्ठ, प्रमिला भुजेल प्रकाश पौडेल चयन हुनु भएको नवनिर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रतिकृया