• 6:35 pm

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेपछि…

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०६:५३

२१ पुस २०७८, काठमाडौँ : चन्द्रागिरी नगरपालिका ७ स्थित सडकमा चेकिङमा खटिएको प्रहरी टोलीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन ईच्छाकामना गाउँपालिका ५ घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउँ घर भएका ५४ वर्षीय केशव गोपाली रहेका छन् ।


महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले जाँच गर्दा प्रदेश ३–०२–००४ प ४९७४ नम्बरको मोटरसाइकलका चालक रोशन र मोटरसाइकलमा सवार केशवले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरू उपर महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिकृया